+
+
Shares

कृषि मन्त्रालयले भन्यो- एक हजार २५० मेट्रिक टन मल सोमबार आइपुग्छ

कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते २१:१०

३ असार, काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक टक डीएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो ।

सो मलमध्ये एक हजार २५० मेट्रिक टन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ ।

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमश: नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?