News Summary
Generated by OK AI. Editorially reviewed.- फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच न्युयोर्कको न्यु जर्सी स्टेडियममा केही बेरपछि प्रतिस्पर्धा हुँदैछ ।
- साविक विजेता अर्जेन्टिनाले फाइनल खेलका लागि आफ्नो पहिलो रोजाइको टिममा तीन खेलाडी परिवर्तन गरेको छ ।
- स्पेनले भने फ्रान्सलाई हराएको टिममा कुनै परिवर्तन नगरी आजको निर्णायक खेल खेल्ने निर्णय गरेको छ ।
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेलमा केही बेरपछि स्पेन र अर्जेनटिनाबीच प्रतिस्पर्धा हुँदैछ ।
अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा हुने फाइनल खेलका लागि दुवे टोलीले पहिलो रोजाईँको टिम सार्वजनिक भइसकेको छ ।
साविक विजेता समेत रहेको अर्जेन्टिनाले फाइनलमा तीन परिवर्तन गरेको छ । गोन्जालो मोन्टिएल, रोड्रिगो डे पउल र निकोलस गोन्जालेज पहिलो रोजाईँमा खेल्दैछन् ।
सेमिफाइनलमा इंग्ल्यान्ड विरुद्ध पहिलो रोजाईँमा खेलेका नाहुएल मोलिना, जिलियानो सिमिओनी र लिउन्ड्रो पेरेडेस भने आज बेन्चबाट खेल सुरु गर्नेछन् ।
स्पेनले भने फ्रान्सलाई हराएको टिमबाट कुनै परिवर्तन गरेको छैन ।
सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-० र अर्जेन्टिनाले इंग्ल्यान्डलाई २-१ ले पराजित गरेका थिए ।
युरोप र कोपा अमेरिका दुई महादेशिय च्याम्पियनबीच विश्वकप फाइनल हुन लागेको यो पहिलो पटक हो ।
स्सापेन र अर्विजेन्कटिना विश्वकपमा ६० वर्षपछि आमने सामने हुँदैछन् । यसअघि यी दुई टोली सन् १९६६ मा विश्वकपमा मात्र भिडेका थिए ।
यस्तै दुई टोलीबीच कुल १४ खेल हुँदा दुवैले समान ६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएको छ ।
फिफा विश्वकप २०२६ को फाइनल खेलको सम्पुर्ण लाइभ अपडेटको जानकारी यो लिंकमा पढ्न सकिनेछ ।
प्रतिक्रिया 4