News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले राज्यसभामा सीजेपी प्रदर्शनकारीमाथि भएको लाठीचार्जको विषय उठाउँदै मोदी सरकारले युवाको आवाज दबाएको आरोप लगाउनुभयो।
- खड्गेले संसद बाहिर मिडियासँग कुरा गर्दै बेरोजगारी र परीक्षा सञ्चालन गर्न नसक्ने सरकार सत्तामा रहन लायक नभएको टिप्पणी गर्नुभयो।
- सीजेपीले संसदमा युवाको मुद्दा उठाएको भन्दै खड्गेलाई धन्यवाद दिएको छ भने उक्त मार्चका क्रममा पुलिसले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो।
४ साउन, काठमाडौं । भारतीय कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सोमबार सीजेपी प्रदर्शनकारीहरूमाथि भएको लाठीचार्जको मुद्दा संसदमा उठाएका छन्।
मल्लिकार्जुन खड्गेले राज्यसभामा भने, ‘पेपर लीक प्रकरणमा जन्तर-मन्तरमा भेला भएका हजारौँ बच्चाहरूमाथि लाठीचार्ज भएको छ।मोदी सरकार युवाहरूको आवाज दबाउने प्रयास गरिरहेछ।’
यसमा ककरोच जनता पार्टी (सीजेपी) ले खड्गेलाई धन्यवाद दिँदै एक्समा लेखेको छ, ‘संसदमा युवाहरूको आवाज उठाउनका लागि मल्लिकार्जुन खड्गेलाई धन्यवाद!’
उनले संसद बाहिर मिडियासँग कुरा गर्दै भने, ‘जो छात्र-नौजवान दिल्ली आएर कुरा गर्न चाहन्छन्, उनीहरूलाई मार्नु र दुख दिनु गलत हो।हामीले यसमा सरकारको ध्यानाकर्षण धेरै पटक गरायौँ तर उनीहरूलाई केही फरक परिरहेको छैन। एक तर्फ बेरोजगारी छ, अर्कोतर्फ यो सरकार परीक्षासम्म गराउन सकिरहेको छैन।त्यसैले हाम्रो यही भन्नु छ कि यी सत्तामा रहन लायक छैनन्।’
सीजेपीको ‘संसद मार्च’ का क्रममा पुलिसले प्रदर्शनकारीहरूमाथि लाठीचार्ज गरेको थियो। पुलिसले अश्रुग्यास पनि हानेको थियो।
प्रतिक्रिया 4