News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५ औँ महाधिवेशनका लागि आन्तरिक छलफल र संवाद भइरहेको जानकारी दिएका छन् ।
- उनले सभापति गगनकुमार थापा र नेतृत्वबीच सबै सदस्यको सहभागिता सुनिश्चित गर्न निरन्तर सकारात्मक संवाद भइरहेको उल्लेख गरेका छन् ।
- शर्माले पार्टीको आन्तरिक जीवन र एकताका विषयमा भइरहेका यी छलफलहरू सकारात्मक निष्कर्षमा टुङ्गिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
४ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत छलफल र संवाद भइरहेको जानकारी दिएका छन् ।
सोमवबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीको आन्तरिक जीवन र आसन्न महाधिवेशनको तयारीका सन्दर्भमा स्पष्ट पारेका हुन् ।
उपसभापति शर्माले सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यहरूबीच सबैको सहज सहभागिता सुनिश्चित गर्ने वातावरण निर्माण गर्न निरन्तर छलफल भइरहेको बताए ।
‘नेपाली काँग्रेस पार्टीको आन्तरिक जीवनका विषयमा के हुँदैछ भन्नेबारे म स्पष्ट पार्न चाहन्छु । पार्टीका आदरणीय सभापति गगनकुमार थापा, सिङ्गो नेपाली कांग्रेस पार्टी र पार्टी नेतृत्वबीच नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन्,’ शर्माले भने ।
१५ औँ महाधिवेशनमा पार्टीका सबै सदस्यहरू सहभागी बन्ने सहज वातावरण बनाउन नेतृत्व र महामन्त्रीबीच सकारात्मक संवाद भइरहेको उनको भनाइ छ ।
‘ती संवाद तथा छलफल सकारात्मक ढङ्गले टुङ्गिनेछन् भन्नेमा हामी विश्वस्त छौँ । आन्तरिक जीवनको सन्दर्भमा आज तपाईँहरूबाट उठ्न सक्ने जिज्ञासालाई मध्यनजर गर्दै सुरुमै यो कुरा स्पष्ट गर्न चाहन्छु,’ उनले भने ।
पार्टीभित्र भइरहेका यी छलफलहरूले सकारात्मक निष्कर्ष निकाल्नेमा आफू पूर्ण रूपमा विश्वस्त रहेको शर्माले उल्लेख गरे ।
पत्रकार सम्मेलनको प्रारम्भमै उनले पार्टीको आन्तरिक जीवन र एकताको विषयमा सञ्चारकर्मीहरूको जिज्ञासा सम्बोधन गर्दै नेतृत्व तहमा समझदारी कायम गर्ने प्रयास भइरहेको बताए ।
प्रतिक्रिया 4