News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको औषधि नियामक निकायले डेंगुविरुद्धको क्युडेन्गा खोपलाई प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।
भारतमा डेंगुविरुद्धको खोपलाई मान्यता दिइएको छ । डेंगु भाइरसविरुद्ध जापानी कम्पनीले बनाएको क्युडेन्गा नामको खोपले भारतमा प्रयोगका लागि स्वीकृति पाएको हो ।
जापानी औषधि कम्पनी टेकेडा फर्मासिटिकल्स ले विकास गरेको यो खोपलाई भारतको औषधि नियामक निकाय सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एण्ड अर्गनाइजेसन(सीडीएसीओ) ले स्वीकृति दिएको हो ।
क्युडेन्गा खोपले चारै प्रकारका डेंगु भाइरस सेरोटाइप १, २, ३ र ४ विरुद्ध सुरक्षा प्रदान गर्ने बताइएको छ ।
कोभिड-१९ खोप जस्तै यो दुई मात्रा लगाउने आवश्यक छ । एउटा डोज लगाएको तीन महिनापछि अर्को डोज लगाउनुपर्छ । ४ वर्षदेखि ६० वर्ष उमेरका व्यक्तिहरूलाई दिन मिल्ने यो खोप डेंगु नभएकाहरूले पनि यो लगाउन सक्छन् ।
हाल भारतमा समेत उत्पादन भइरहेको यो खोप हाल एक डोजको रूपैयाँ ६ हजारदेखि १२ हजार भारतीय रूपैयाँसम्म पर्छ ।
भविष्यमा ठूलो मात्रामा गर्दा मूल्य घट्ने अपेक्षा गरिएको छ ।
२०२२ मा विकास गरेको यो खोपलाई विश्वका ४३ देशले स्वीकृति दिइसकेका छन् । विश्वभर ३ करोड २० लाखभन्दा बढी मात्रा वितरण भइसकेको छ ।
भारत विश्वकै धेरै डेंगु संक्रमण हुने देशमा पर्छ । २०२५ मा करिब १ लाख १३ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको थियो । हालसम्म भएको प्रयोगमा यो खोपले डेंगु संक्रमण तथा डेंगुका कारण अस्पताल भर्ना हुनुपर्ने जोखिम कम गर्न भूमिका खेलेको पाइएको दावी कम्पनीको छ ।
पछिल्ला वर्षहरूमा नेपालमा पनि डेंगु संक्रमण ठूलो स्वास्थ्य समस्याको रूपमा देखा परिरहेको छ । नेपालमा खोप ल्याउनेबारे चर्चा, छलफल भए पनि निर्णय भने भइसकेको छैन ।
प्रतिक्रिया 4