News Summary
Generated by OK AI. Editorially reviewed.- कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना व्यक्ति सोमबार मृत अवस्थामा फेला परेका छन्।
- कपिलवस्तुको बिरपुरमा ९० वर्षीय राजाराम बानियाँ घर नजिकैको पोखरीमा मृत फेला परेका छन्।
- नुवाकोटको ककनीमा ४५ वर्षीया दुर्गा राई र विराटनगरको रिसोर्टमा २१ वर्षीय गजेन्द्र यादव मृत फेला परेका छन् र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
४ साउन, काठमाडौं । कपिलवस्तु, मोरङ र नुवाकोटमा गरी तीन जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कपिलवस्तुको कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
यसैगरी नुवाकोटको ककनी गाउँपालिका-६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिकै सोही गाउँपालिका-६ स्थित गाई फर्ममा काम गर्ने लिखु गाउँपालिका-३ ढाडेफेदी घर भएकी ४५
वर्षीया दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी मोरङको विराटनगर महानगरपालिका-८ बगैँचा रिसोर्टमा काम गर्ने सुनसरी बर्जु गाउँपालिका-१ घर भएका २१ वर्षीय गजेन्द्र यादव सोही रिसोर्टको स्वीमिङ पुलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4