+

लिग २ क्रिकेट : नेपालले नामिबियासँग खेल्दै

२०८३ साउन  ५ गते ७:३९ २०८३ साउन ५ गते ७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेदरल्यान्ड्समा नेपाल र नामिबियाबीच खेल हुँदै छ ।
  • नेपाली समयअनुसार पौने ३ बजे युट्रेक्टमा सुरु हुने उक्त खेलमा नेपाल अंकतालिका सुधार गर्ने लक्ष्यमा छ ।
  • लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ ।

५ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजदेखि नेदरल्यान्ड्समा नेदरल्यान्ड्स, नामिबिया र नेपाल सम्मिलित शृङ्खला सुरु हुँदैछ ।

शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्दै छ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ ।

लिग २ अंकतालिकामा हाल २८ खेलबाट २८ अंकसहित पाँचौं स्थानमा रहेको नेपाली टोलीका लागि योसँगै यसपछिको अन्तिम शृङ्खला महत्त्वपूर्ण रहेको छ ।

लिग २ को शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

नामिबिया अंकतालिकामा २८ खेलमा २२ अंकसहित सातौंमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय