५ साउन, काठमाडौं । पर्सा प्रहरीले २० किलो ६८७ ग्राम गाँजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मंगलबार पर्साको जगरनाथपुरमा गाउँपालिका–४ को हुलाकी सडकमा एक कारबाट गाँजासहित ती व्यक्ति पक्राउ गरेका हुन् ।
चितवनबाट भारतको सुगौलीतर्फ जाँदै गरेको बीआरओ ६ बीअएच ५४९६ नम्बरको भारतीय कार शंका लागेर चेकजाँच गर्दा कारको पछाडीको सीटमुनि प्लास्टिकको झोलामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गाँजासहित पक्राउ पर्ने भारतको बिहार सितामढी जिल्ला तालका ग्राम पञ्चायतका ३३ वर्षीय रहमद अन्सारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4