+
+
Shares

गोंगबुको होटलमा युवती मृत फेला, हत्या आरोपमा दुई जना पक्राउ

साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलाको ४०४ नम्बर कोठामा काठको पलङभित्र शव भेटिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको गोंगबुस्थित होटलमा युवतीको हत्या गरी शव लुकाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
  • कैलालीकी २५ वर्षीया निशा सुनारको शव साउन ३ गते गोंगबुको एक होटलको कोठामा फेला परेको थियो ।
  • पक्राउ परेका रमेश बुढा र दान बहादुर शाहीमाथि प्रहरीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ ।

५ साउन, काठमाडौं । काठमाडौंको गोंगबुस्थित मित्रनगरको माउन्टेन एक्सेल्सिभा होटलको कोठामा एक युवती मृत भेटिएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । साउन ३ गते बिहान ११ बजे होटलको चौथो तलाको ४०४ नम्बर कोठामा काठको पलङभित्र शव भेटिएको थियो ।

प्रहरीले अनुसन्धानबाट ती महिला कैलालीको धनगढी उपमहानगरपालिका-७ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय निशा सुनार रहेको खुलेको थियो ।

अहिले हत्यामा संलग्न रहेको आरोपमा दैलेख, डुङ्गेश्वर गाउँपालिका०६ लटाली स्थायी घर भई हाल काठमाडौं –०३ चक्रपथस्थित सम्बाला होटल आसपास बस्ने २७ वर्षीय रमेश बुढा र जिल्ला जुम्ला, चन्दननाथ नगरपालिका -०२ घर भई काठमाडौं बस्ने ३८ वर्षीय दान बहादुर शाही छन्।

पक्राउ परेका दुबै जनालाई कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?