News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजारमा केराको थोक मूल्यमा प्रतिदर्जन २५ रुपैयाँले वृद्धि भएको छ ।
- बुधबार केराको औसत थोक मूल्य प्रतिदर्जन दुई सय ५० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।
- भारतबाट केरा आयात रोकिएकाले स्थानीय बजारमा मूल्य वृद्धि भएको व्यवसायीहरूले उल्लेख गरेका छन् ।
६ साउन, काठमाडौं । स्थानीय बजारमा केराको भाउ निरन्तर उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार केराको भाउ बढेको देखाएको हो ।
आज बुधबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम ३०० र औसत २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो बिहीबारको तुलनामा यो मूल्य प्रतिदर्जन औसत २५ रुपैयाँ महँगो हो । हिजो मंगलबार केरा प्रतिदर्जन थोकमा न्यूनतम २०० देखि अधिकतम २५० र औसत २२५ रुपैयाँमा किनबेच भएको थियो ।
थोक बजारमै केराको भाउ महँगो भएपछि खुद्रा बजारमा उपभोक्ता झन् महँगो मूल्य तिर्न बाध्य हुनेछन् । भारतबाट केरा आयात रोकिएपछि किसानले बारीबाटै महँगो मूल्यमा केरा बेचेकाले उपभोक्तालाई पनि महँगो मूल्य परेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4