८ साउन, काठमाडौं । प्रहरी निरीक्षक (इन्स्पेक्टर) किरण राउतलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले असार महिनाको ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरेको छ ।
काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी, सेवामुखी तथा प्रविधिमैत्री बनाउन उल्लेखनीय योगदान पुर्याएको भन्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले इन्स्पेक्टर राउतलाई प्रमाणपत्र दिएका छन् ।
राउतले ट्राफिक व्यवस्थापनमा कन्टेन्ट निर्माण, सामाजिक सञ्जाल व्यवस्थापन, सञ्चालन व्यवस्थापन, कार्ययोजना निर्माण तथा कार्यान्वयन, गुनासो व्यवस्थापन र ट्राफिक सचेतना अभिवृद्धिमा उल्लेखनीय भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ ।
सेवाग्राहीप्रति सरल, सभ्य, शिष्ट र उत्तरदायी व्यवहार प्रदर्शन गर्दै सडकमा उत्पन्न हुने विभिन्न ट्राफिक समस्या तथा चुनौतीहरूको समयोचित, समन्वयात्मक र परिणाममुखी ढङ्गबाट समाधान गर्न उनले महत्वपूर्ण योगदान पुर्याएको कार्यालयले जनाएको छ
प्रतिक्रिया 4