+
काभा पुरुष भलिबल च्याम्पियनसिप :

काभा पुरुष भलिबल च्याम्पियनसिप : बंगलादेशसँग खेल्दै नेपाल

२०८३ साउन  १० गते ६:३९ २०८३ साउन १० गते ६:३९

नेपाल र बंगलादेशबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । 

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।
  • लगातार तीन खेलमा पराजित नेपालका लागि सेमिफाइनल प्रवेश गर्न बंगलादेशविरुद्धको जित अनिवार्य छ।
  • खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा सुरु हुनेछ।

काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आफ्नो चौथो खेलमा आइतबार बंगलादेशसँग खेल्दैछ ।

लगातार तीन खेलमा पराजित भइसकेको नेपालका लागि बंगलादेश विरुद्धको खेल सेमिफाइनल प्रवेशका लागि महत्वपूर्ण छ ।

नेपाल र बंगलादेशबीचको खेल इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ ।

नेपाल यसअघिका तीनै खेलमा पराजित हुँदा जम्मा २ अंक जोड्न सफल भएको थियो । कजाखस्तान र श्रीलंकासँगको खेलमा पाँच सेटमा पुगेरमा गुमाएको नेपालले दुवै खेलमा समान एक अंक जोडेको थियो । तेस्रो खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल सोझो सेटमा पराजित भएको थियो ।

उता बंगलादेशले भने अहिलेसम्म खेलेका तीन मध्ये दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।

बंगलादेशले उज्वेकिस्तान र कजाखस्तानलाई पाँच सेटमा पुगेर पराजित गरेको थियो भने पाकिस्तासँग सोझो सेटमै पराजित भएको थियो ।

आइतबारै कजाखस्तान र श्रीलंका तथा पाकिस्तान र उज्वेकिस्तानबीच पनि खेल हुनेछ ।

६ टोली सहभागि प्रतियोगितामा पाकिस्तान ९ अंकसहित अपराजित रहेर शीर्ष स्थानमा छ । बंगलादेशको ४ अंक जोडेर तेस्रो स्थानमा छ भने नेपाल २ अंकसहित पूछारमा छ ।

नेपालका लागि शीर्ष चारमा रहेर सेमिफाइनल पुग्न बंगलादेश विरुद्धको खेल जित्नुपर्ने चुनौती छ । यस प्रतियोगितामा नेपाल मात्र एक्लो जितविहिन टोली हो ।

नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार उज्वेकिस्तानसँग खेल्नेछ ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि रहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।

काभा पुरुष भलिबल च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय