News Summary
Generated by OK AI. Editorially reviewed.- सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८७ हजार १ सय रुपैयाँ कायम भएको छ ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो ।
- चाँदीको मूल्यमा पनि प्रतितोला ६० रुपैयाँले वृद्धि भई आज ४ हजार ४१० रुपैयाँ पुगेको छ ।
१० साउन, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार ५ सय रुपैयाँ थियो । गत आइतबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३५० रुपैयाँ रहेको चाँदी आज ४ हजार ४१० रुपैयाँ पुगेको छ । गत आइतबार चाँदी ४ हजार २४० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4