+
+
Shares

ओली र प्रचण्डहरूले बिदा लिँदा पार्टीमा ऊर्जा आउँछ : ठाकुर गैरे

एमाले पुनगर्ठनमा पूर्वअखिलहरुको भूमिका विषयक अन्तरक्रियमा उनले केपी ओली, प्रचण्ड र माधव नेपालहरुले बिदा लिनुपर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेता ठाकुर गैरेले वर्तमान नेतृत्वले बिदा लिए मात्र पार्टीमा नयाँ ऊर्जा आउने दाबी गरेका छन् ।
  • गैरेले केपी ओली, प्रचण्ड र माधव नेपालले नेतृत्व हस्तान्तरण नगरेसम्म पार्टी पुनर्गठन सम्भव नभएको बताएका छन् ।
  • उनले प्रचण्डको पाँच लाख मानिस उतार्ने अभिव्यक्तिप्रति व्यंग्य गर्दै जनताले अहिलेको नेतृत्वलाई नपत्याएको टिप्पणी गरेका छन् ।

१० साउन, काठमाडौं । नेकपा एमालेका नेता ठाकुर गैरेले यथास्थितिमा हुने वाम एकताले कार्यकर्तामा ऊर्जा नआउने बताएका छन् ।

एमाले पुनगर्ठनमा पूर्वअखिलहरुको भूमिका विषयक अन्तरक्रियमा उनले केपी ओली, प्रचण्ड र माधव नेपालहरुले बिदा लिनुपर्ने बताए । ‘नेताहरु मिलेर हात हल्लाउदा अब पार्टीमा उर्जा आउँदैन, उहाँहरुले छोडेको घोषणा गर्दा ऊर्जा आउँछ,’ गैरेले भने ।

एमाले र नेपाली कम्युनिष्ट पार्टी मिल्दा ५ लाख मानिस उतार्न सकिने प्रचण्डको अभिव्यक्तिप्रति गैरेले व्यंग गरे । ‘अहिले पाँच सय मानिस उतार्ने स्थिति छ ?,’ उनले प्रश्न गरे, ‘सुकुमवासी जोगाउन सकिएको छैन । जनताले हामीलाई पत्याएको स्थिति छैन ।’

अनेरास्ववियुका पूर्व अध्यक्ष गैरेले नेतृत्व हस्तान्तरण र पुस्तान्तरणले मात्र पार्टी पुनगर्ठन संभव हुने बताए । ‘अहिलेको कमिटीहरू विघटन गरौं । मूल नेतृत्वले बिदा लिएर आफू मुनिको नेतालाई छोडोस्,’ गैरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?