News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेकी नेतृ रचना खड्काले पार्टीको संकट टार्न एमालेका सदस्यहरूलाई आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न आग्रह गरेकी छन् ।
- उनले एमाले युवाहरूमा आत्मविश्वासको कमी रहेको र ५० वर्ष पुगेका नेताहरू पनि नेतृत्वका लागि तयार नभएको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
- खड्काले २४ वर्षमै पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेको स्मरण गराउँदै पार्टी पुनर्गठनको अभियानमा सक्रिय हुन युवाहरूलाई आह्वान गरेकी छन् ।
१० साउन, काठमाडौं । नेकपा एमालेका नेतृ रचना खड्काले पार्टी सदस्यहरूले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्ने बेला आएको बताएकी छन् ।
‘पार्टी पुनर्गठनमा पूर्वअखिलहरूको भूमिका’ विषयक अन्तरक्रियामा खड्काले पार्टी बचाउन पनि यसका सदस्यहरूलाई सार्वभौम अधिकार प्रयोग आग्रह गरेकी छन् । ‘यो संकटबाट पार्टीलाई बचाउने हो भने यसका सार्वभौम सदस्यहरू जाग्नुपर्ने भएको छ,’ उनले भनिन् ।
एमाले संकटमा पर्नुपर्ने कारणले चर्चा गर्दा खड्काले युवाहरूको आत्मविश्वासबारे पनि टिप्पणी गरिन् ।
‘एमालेका युवाहरूमा आत्मविश्वास गुमेको छ । ५० वर्ष पुगेकाले पनि आफूलाई नेता हुने बेला भएको छैन भन्ने ठान्छन्,’ उनले भनिन् ।
गत मंसिरमा सम्पन्न एघारौं राष्ट्रिय महाधिवेशनको सन्दर्भ सम्झाउँदै खड्काले युवाहरूको आत्मविश्वासबारे चिन्ता गरेकी छन् ।
‘मैले ५० वर्ष पुगिसकेका दाइहरूलाई पदाधिकारी हुनेबारे सोधे । उहाँहरूले मन परेको पाइनँ,’ उनले भनिन्, ‘त्यसपछि कोही युवा त अघि बढ्नैपर्छ भनेर मैले पदाधिकारीमा उम्मेदवारी दिएकी हुँ ।’
२४ वर्षमै पुष्पलालले कम्युनिस्ट पार्टी स्थापना गरेको, अहिलेको एमाले निर्माण गर्दा नेताहरू युवा नै रहेको लगायत उदाहरण दिएर खड्काले पार्टी पुनगर्ठनमा लाग्न युवाहरूलाई आग्रह गरिन् ।
प्रतिक्रिया 4