+

एनभीएल अक्सनपछि कुन टिम कस्तो बने ?

२०८३ साउन  १० गते २१:०१ २०८३ साउन १० गते २१:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल भलिबल लिगको अक्सन काठमाडौँमा सम्पन्न भएको छ जसमा ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी अनुबन्ध गरेका छन् ।
  • अक्सनमार्फत क्याटगोरी 'ए' बाट २४ र क्याटगोरी 'बी' बाट १८ खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् ।
  • प्रत्येक टोलीले थप तीन विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टमार्फत नयाँ खेलाडी भित्र्याउने प्रावधान रहेको छ ।

१० साउन, काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार काठमाडौंमा सम्पन्न भएको छ । केडिया ग्रुपको आयोजनामा पहिलोपटक हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज लिग एनभीएलका लागि आइतबार अक्सन गरिएको हो ।

अक्सनबाट ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी टोलीमा अनुबन्ध गरेका छन् । १२७ खेलाडी अक्सनमा सहभागी भएकोमा क्याटगोरी ‘ए’ बाट २४ र क्याटगोरी ‘बी’ बाट १८ खेलाडी ६ टोलीमा अनुबन्ध भएका हुन् । अब प्रत्येक टोलीले ३ विदेशी खेलाडी र एक ट्यालेन्ट हन्टमार्फत खेलाडी भित्राउनेछन् ।

१४ खेलाडी अधिकतम मुल्यमा टोलीमा अनुबन्ध हुँदा सबै टोलीको बोली लाग्ने खेलाडी दुई जना बने । चिरञ्जीवी खड्का र सनोज चौधरीलाई सबै टोलीले अधितकम मुल्यमा अनुबन्ध गर्ने इच्छा जनाएका थिए । लक्की ‘ड्र’मार्फत चिरञ्जीवी काठमाडौं र सनोज कर्णालीमा पुगे ।

अन्नपूर्ण स्पाइकर किङ्स

हिमाल सुनारी मार्की प्लेयर रहेको अन्नपूर्ण स्पाइकर किङ्सले दुई खेलाडीलाई लक्की ‘ड्र’ मार्फत अधितकम मूल्यमा टोलीमा अनुबन्ध गर्‍यो । राजेन्द्र धामी र सुरेन्द्र केसी एक लाख २० हजार रुपैयाँमा अन्नपूर्णमा अनुबन्ध भए ।

अन्नपूर्णले गण्डकीका रवि केसीलाई अक्सनमार्फत एक लाखमा अनुबन्ध गर्दा गण्डकीकै विश्वास अधिकारीलाई विशलिष्टमा समान मूल्यमा टोलीमा भित्र्यायो ।

क्याटेगोरी ‘बी’ बाट अन्नपूर्णले गण्डकीकै विवश आलेमगर र जितबहादुर सार्कीलाई ५० हजारमा टोलीमा अनुबन्ध गर्‍यो । विशलिष्टबाट देव राना मगर ५० हजारमा अन्नपूर्णमा भित्रिए ।

काठमाडौं रेड्स

सुनिल बोहरा मार्की प्लेयर रहेको काठमाडौं रेड्स लक्की ‘ड्र’ मा भाग्यमानी बन्यो । काठमाडौंले क्याटेगोरी ‘ए’ बाट तीन खेलाडीलाई लक्की ‘ड्र’ मार्फत भित्राउन सफल भयो ।

 

सबैले बोली लगाएका चिरञ्जिवी खड्का अधितकम मूल्य एक लाख २० हजारमा काठमाडौंमा भित्रिए । यस्तै सन्तोष विक र सन्तोष राई पनि अधिकतम मूल्यमै काठमाडौंमा आए ।

क्याटेगोरी ‘बी’ बाट पुस्कर सिंह धामी र जितबहादुर ढुंगेल समान ७० हजारमा अनुबन्ध भए ।

काठमाडौंले विशलिष्टबाट बलदेव सिंह धामीलाई एक लाख र दीपेश कुँवरलाई ५० हजारमा टोलीमा अनुबन्ध गर्‍यो ।

मधेश वारियर्स

मधेश वारियर्सले धनबहादुर भट्ट र सन्तोष महतालाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो । उनीहरु दुवै जना लक्की ‘ड्र’मार्फत मधेश पुगेका हुन् ।

मधेशले राजन दर्लामी र रामविजय यादवलाई समान एक लाख रुपैयाँमा टोलीमा भित्र्यायो । रविन रसाइली र सञ्जुविक्रम शाह समान ५० हजारमा मधेशमा अनुबन्ध हुँदा विप्सन शाही ठकुरी ७० हजारमा भित्रिए ।

मधेशका मार्की प्लेयर रविन नगरकोटी छन् ।

सगरमाथा स्म्यासर्स

राष्ट्रिय टोलीका कप्तान हरिहजुर थापा मार्की रहेको सगरमाथा स्म्यासर्सले अक्सनमा क्याटोगरी ‘ए’ बाट पहिलो चरणमा सुवाश कुँवरलाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो । धेरै खेलाडीलाई बोली लगाएपनि सगरमाथा लक्की ‘ड्र’ मा भाग्यमानी बन्न सकेन ।

त्यसपछि भीम गाहा, रुपेन्द्र नेपाली र दीपकराज जोशीलाई न्यूनतम एक लाख रुपैयाँमा विशलिष्टमा टोलीमा भित्रायो ।

क्याटेगोरी ‘बी’ बाट सञ्जोक परियार, रेशम छन्त्याल र रमन बम समान ५० हजारमा सगरमाथामा अनुबन्ध भए ।

कर्णाली शिवराज

कर्णाली शिवराजले क्याटेगोरी ‘ए’ बाट ४ वटै खेलाडीलाई अधिकतम मूल्यमा खरिद गर्‍यो । पहल गहतराज मार्की रहेको कर्णालीले निर्पध्वज बस्नेत, विनोद चन्द, सुरज चनारा र सनोज चौधरीलाई टोलीमा भित्रायो । कर्णालीले सबै खेलाडी लक्की ‘ड्र’ मार्फत टोलीमा भित्र्याएको हो ।

क्याटेगोरी ‘बी’ बाट सन्दीप लाहोर र बलराम गुरुङ समान ५० हजारमा टोलीमा भित्रिँदा सुनिल थकुल्ला विसलिष्टमा ५० हजारमा कर्णालीमा आए ।

खप्तड फाल्कुन्स

धिरज काजी बस्नेत मार्की प्लेयर रहेको खप्तड फाल्कुन्सले सरोज बर्देवा र प्रेमप्रसाद गौतमलाई अधिकतम एक लाख २० हजारमा टोलीमा अनुबन्ध गर्‍यो ।

यस्तै विवश थापा र विसलिष्टमार्फत इन्द्र विक समान एक लाखमा टोलीमा भित्रिए ।

क्याटेगोरी ‘बी’ बाट नवराज थापा मगर र नवराज धामी समान ५० हजार तथा पारस बोहरा ७० हजारमा खप्तडमा आए ।

एनभीएल अक्सन नेपाल भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय