+

चोटका कारण नन्दन यादव लिग २ खेल्ने नेपाली टोलीबाट बाहिर

२०८३ साउन  १० गते २१:१२ २०८३ साउन १० गते २१:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन यादव ह्यामस्ट्रिङ चोटका कारण नेदरल्यान्ड्समा जारी लिग २ शृङ्खलाबाट बाहिरिएका छन् ।
  • नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार चोटका कारण नन्दनले नामिबियाविरुद्धको पहिलो खेलमा बलिङ गर्न असहज महसुस गरेका थिए ।
  • नन्दनको स्थानमा रिजर्भ खेलाडी हेमन्त धामीले टोलीमा मौका पाउने प्रबल सम्भावना देखिएको छ ।

१० साउन, काठमाडौं । नेपाली क्रिकेट टोलीका पेस बलर नन्दन यादव नेदरल्यान्ड्समा जारी लिग २ शृङ्खला खेल्ने नेपाली टोलीबाट बाहिरिएका छन् ।

ह्यामस्ट्रिङ चोटका कारण उनी बाँकी खेलहरूबाट बाहिरिएको नेपाल क्रिकेट संघ (क्यान) ले आधिकारिक जानकारी दिएको छ ।

नन्दन नामिबियासँगको पहिलो खेलका दौरान ह्यामस्ट्रिङ समस्याका कारण पहिलो ओभरदेखि नै बलिङमा असहज महसुस गरेको देखिएका थिए भने फिजियोले पनि उनलाई केही मद्दत गरिरहेका थिए ।

त्यसपछि उनी दोस्रो खेलमा खेल्न सकेका थिएनन् । उनको स्थानमा बाँयाहाते स्पिनर ललित राजवंशीले दोस्रो खेलमा खेलेका थिए ।

नन्दनको स्थानमा खेल्ने खेलाडीको नाम सार्वजनिक भएको छैन । हेमन्त धामीले उनको स्थान लिने सम्भावना प्रबल छ ।

हेमन्तले जर्सीमा भएको अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । हेमन्त हाल टोलीको रिजर्भ खेलाडीका रूपमा छन् ।

नन्दन यादव लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय