+
+
Shares

सिरहामा ज्यान गुमाएका यादवको शव प्रहरीले सडकबाट उठायो

सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ ।

सुरेश राय सुरेश राय
२०८३ साउन १४ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा मृत्यु भएका गणेश यादवको शव प्रहरीले आज साँझ सडकबाट उठाएको छ ।
  • गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको थियो ।
  • अहिले घटनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको भएपनि प्रदर्शन रोकिएको छैन ।

१४ साउन, सिरहा । सिरहाको गोलबजारमा बिहीबार दिउँसो प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव प्रहरीले सडकबाट उठाएको छ ।

आफन्तहरूले प्रदर्शन जारी राख्दै शव सडकमै राखिरहेका थिए । सडकमै शव राखेर उनीहरूले दिनभर प्रदर्शन गरे । साँझ भने प्रहरीले शव भ्यानमा राखेर लगेको छ । केहीबेर अघिमात्रै उक्त शव उठाएर लगिएको हो ।

झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका औरही गाउँपालिकाका अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।

अहिले सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अझै पनि प्रदर्शन रोकिएको छैन ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?