News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको बोदेबरसाईन नगरपालिकाका विभिन्न क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ ।
- जिल्ला प्रशासन कार्यालय, सप्तरीले एक विज्ञप्ति जारी गर्दै कर्फ्यू आदेशबारे जानकारी गराएको छ ।
- हुलाकी राजमार्गको खड्क पुल, पृतमपुर चौक, नेंगडा चौक र मानराजा चौकमा सुरक्षाका लागि कर्फ्यू लगाइएको छ ।
१४ साउन, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकामा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न जिल्ला प्रशासन कार्यालय सप्तरीले कर्फ्यू आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समिति सप्तरीको बैठकको निर्णयअनुसार बिहीबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
कर्फ्यू क्षेत्रअन्तर्गत बोदेबरसाईन नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्गस्थित खडक पुलदेखि पश्चिमतर्फ प्रितमपुर चोक,उत्तरतर्फ नेंगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्र समेटिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले कर्फ्यू आदेशको उल्लङ्घन हुने गरी कुनै पनि गतिविधि गरे, गराए वा गराइएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई कर्फ्यू आदेशको पूर्ण पालना गर्न तथा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
प्रतिक्रिया 4