+
+
Shares

कप्तानगञ्ज घटनाका मृतक परिवार भेटेर निस्किए गृहमन्त्री, भोलि फेरि वार्ता

शव पोस्टमार्टम गरिने, दाहसंस्कारअघि मात्रै सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते २०:४१
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज घटनामा घाइते भई निधन भएका रवीन्द्र मेहताको विषयमा गृहमन्त्री सुधन गुरुङले पीडित परिवारसँग त्रिवि शिक्षण अस्पतालमा छलफल गर्नुभएको छ ।
  • मृतकका अभिभावक काठमाडौं आएपछि भोलि पुनः दोस्रो चरणको वार्ता हुने र त्यसपछि मात्र शव बुझ्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ ।
  • गृहमन्त्री गुरुङले आज हिन्दु र मुस्लिम समुदायका नेताहरूसँग अलग-अलग भेटघाट गरी मुलुकको पछिल्लो शान्ति सुरक्षा र आपसी सद्भावबारे छलफल गर्नुभएको छ ।

१९ साउन, काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा मंगलबार बिहान निधन भएका रवीन्द्र मेहताका आफन्तसँग गृहमन्त्री सुधन गुरुङले छलफल गरेका छन् ।

उनले त्रिवि शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गरेका हुन् । गृह मन्त्रालय स्रोतका अनुसार, भोलि पुन: दोस्रो चरणमा छलफल हुने भएको छ ।

उनको शव पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मृतकका बुवा–आमा आएपछि पुन: छलफल गर्नेगरी आजको छलफल सकिएको गृह मन्त्रालय स्रोतले अनलाइनखबरलाई बतायो ।

‘छलफल सकारात्मक भएको छ । भोलि मृतकका बुवा आमा आउने कुरा भएको छ । उहाँहरू आउनुभएपछि मागबारे पूर्ण सम्झौता हुने भएको छ,’ स्रोतले भन्यो ।

यद्यपि रवीन्द्रको शव भने अस्पतालमै राखिएको छ । परिवारले शव बुझ्न नमानेपछि गृहमन्त्री गुरुङ आफैं पुगेर छलफल गरेका थिए ।

यसअघि आजै गृहमन्त्री सुधन गुरुङले आज हिन्दु र मुस्लिम समुदायका नेताहरुसँग छुट्टाछुट्टै भेटघाट तथा छलफल गरेका थिए ।

गृहमन्त्रालयमा भएको छुट्टाछुट्टै भेटमा दुवै समुदायका विभिन्न नेताहरुको सहभागिता थियो ।

छलफलमा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, विवाद, शान्ति, सुरक्षा र आपसी सद्भावका विषयमा छलफल गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?