+
+
Shares

राष्ट्रिय भेलामा देउवाको सन्देश : सबैको भावना कदर हुने गरी वृहत्तर एकता

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको खोजीका लागि पहल गर्ने बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते २०:२०

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको खोजीका लागि पहल गर्ने बताएका छन्।

पार्टीको आफ्नै समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले संविधानप्रदत्त प्रक्रिया र व्यवस्थाका आधारमा निकास दिन पहल गर्ने बताएका हुन्।

‘राष्ट्रिय एवम् लोकतान्त्रिक शक्तिहरूबीच बृहत संवाद गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्न म दृढ संकल्पित छु,’ उनले भने। संकटका समयमा संवाद र सहमति र सहकार्य नै राजनीतिक सहकार्य भएको देउवाको भनाइ छ ।

उनले पार्टीको एकतालागि व्यक्तिगत मदभेदभन्दा माथि उठ्नुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?