+
+
Shares

आयल निगमले आज ग्यास नबाँड्ने, पायक पर्ने विक्रेताबाट किन्न अनुरोध

एलपी ग्यास बिक्री–वितरण व्यवस्थित गर्न निगमको पाँचबुँदे व्यवस्था

आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ६:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले सोमबारदेखि सम्बन्धित ग्यास उद्योगका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।
  • ग्यास नपाएका उपभोक्ताले निगमको क्विक रेस्पोन्स टिमको सम्पर्क नम्बर ९८५१४५५१२४ र ९८५१४५५१२८ मा फोन गर्न सक्नेछन् ।
  • निगमले ग्यास बिक्री–वितरणलाई व्यवस्थित गर्न उद्योग तथा विक्रेतालाई दैनिक विवरण बुझाउनुका साथै घरेलु प्रयोजनलाई प्राथमिकता दिन निर्देशन दिएको छ ।

१ भदौ, काठमाडौं । नेपाल आयल निगमले शनिबार र आइतबार जस्तो ग्यास बिक्रीवितरण नगर्ने भएको छ । आज सोमबारदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास खरिद गर्न निगमले भनेको छ ।

निगमले शनिबार पाँच ठाउँबाट र आइतबार सात ठाउँबाट खाना पकाउने एलपी ग्यासको बिक्री–वितरण गरेको थियो ।

आज भने उपभोक्तालाई आफूलाई पायक पर्ने ग्यास विक्रेतासँग सम्पर्क गरी ग्यास खरिद गर्न निगमले आग्रह गरेको छ।

साथै ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउन उद्योग तथा विक्रेतालाई विभिन्न विवरण अनिवार्य रूपमा उपलब्ध गराउन निर्देशन दिइएको छ।

ग्यास नपाए क्विक रेस्पोन्स टिमलाई फोन गर्न सकिने

नजिकको विक्रेताबाट कुनै कारणले ग्यास प्राप्त गर्न नसकेका र तत्काल ग्यास आवश्यक परेका उपभोक्ताले निगममा सञ्चालनमा रहेको क्विक रेस्पोन्स टिम (क्यूआरटी) मा सम्पर्क गर्न सक्नेछन् ।

निगमले क्यूआरटीका लागि ९८५१४५५१२४ र ९८५१४५५१२८ नम्बर उपलब्ध गराएको छ।

ग्यास बिक्री–वितरणलाईव्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले निगमले पाँचबुँदे व्यवस्था लागू गरेको छ

निगमका अनुसार ग्यास उद्योगले दैनिक बिक्री गर्ने विक्रेता तथा वितरकको नाम, ठेगाना, सम्पर्क नम्बर र सिलिन्डर संख्यासहितको विवरण प्रत्येक दिन बिहान ९ बजेभित्र निगममा उपलब्ध गराउनुपर्नेछ।

त्यस्तै, ग्यास विक्रेता तथा वितरकले बिक्री गरेको ग्यासको परिमाण, उपभोक्ताको नाम र सम्पर्क नम्बरलगायत विवरण दैनिक रूपमा तयार गरी सम्बन्धित ग्यास उद्योगलाई उपलब्ध गराउनुपर्नेछ ।

सम्बन्धित उद्योगले उक्त विवरण प्रत्येक सात दिनमा निगमलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

निगमले ग्यास बिक्री गर्दा अत्यावश्यक घरेलु प्रयोजनका लागि प्रयोग गर्ने उपभोक्तालाई उच्च प्राथमिकतामा राखेर बिक्री–वितरण गर्न पनि निर्देशन दिएको छ।

ग्यास ढुवानी तथा वितरणका क्रममा सुरक्षाको दृष्टिले सहजीकरण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयमार्फत अनुरोध गरिएको निगमले जनाएको छ ।

त्यस्तै, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँगको समन्वयमा निगमबाट खटिएका जनशक्तिसहितको संयुक्त टोलीले ग्यास वितरणको अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।

निगमले ग्यासको बिक्री–वितरणमा सहजता ल्याउन सम्बन्धित सबै पक्षलाई तोकिएको व्यवस्था पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?