+
+
Shares

उद्योग समितिको बैठक बस्दै, चिनी आपूर्तिका विषयमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान १० बजे बस्दै छ।
  • बैठकमा बजारमा चिनीको सहज आपूर्ति र अन्य विविध विषयमा सरोकारवालाहरूसँग छलफल गरिने भएको छ।
  • छलफलका क्रममा उठेका विषयमा जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई बैठकमा बोलाइएको छ।

१ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।

बैठक सोमबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ ।

बैठकमा बजारमा चिनीको सहज आपूर्तिका साथै विविध विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।

बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?