News Summary
Generated by OK AI. Editorially reviewed.- भक्तपुरको लोकन्थलीमा पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा योगेन्द्र तामाङ, मिलन विक, देबन्द्र थापा मगर र भारतीय नागरिक संजित साम्नत रहेका छन् ।
- उक्त समूहले मोटरसाइकलमा आएर महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गरी सिक्री लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।
२ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीमा एक पैदलयात्रीको सिक्री लुटपाट गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र तामाङ, सोही गाउँपालिका–६ का ४० वर्षीय मिलन विक, रामेछापको दोरम्बा गाउँपालिका–३ का ३६ वर्षीय काले भनिने देबन्द्र थापा मगर, र भारतीय नागरिक ४० वर्षीय संजित साम्नत छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
२६ साउनको दिउँसो करिब २ बजेतिर लोकन्थली नजिक पैदल हिँड्दै गरेका व्यक्तिको सिक्री यो समूहले लुटेको प्रहरीले बताएको छ । त्यस्तै ३० असारमा पनि लोकन्थलीमै यस्तै शैलीमा लुटपाट भएको थियो ।
विशेषगरी महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित गर्दै यो समूहले सिक्री लुटपाट गरेको प्रहरीले बताएको छ । मोटरसाइकलमा दुई जना चढेर आउने र सिक्री थुतेर भाग्ने गरेको प्रहरीले बताएको छ ।
पक्राउ परेका मध्ये योगन्द्र मोटरसाइकल चलाउने मान्छे हुन् । काले मोटरसाइकलको पछाडि बसेर सिक्री थुत्ने व्यक्ति हुन् । मिलन र संजित चोरीको सुन किन्ने व्यक्ति रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4