News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्न आदेश दिएको छ।
- अदालतले खानलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवाइसम्म अस्पतालमै राख्न र परिवारसँग साप्ताहिक भेटघाट गराउन निर्देशन दिएको छ।
- इमरान खानका सल्लाहकार जुल्फी बुखारीले अदालतको यो निर्णयको स्वागत गर्दै स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
२ भदौ, काठमाडौं । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ।
उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो।
बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले अदियाला जेलका सुपरिटेन्डेन्टलाई अवमाननाको नोटिस जारी गरेको छ। अदालतले इमरान खानको स्वास्थ्य अवस्थासँग सम्बन्धित सबै मेडिकल रेकर्ड पेस गर्न निर्देशन दिएको छ।
अदालतले अधिकारीहरूलाई इमरान खानको परिवारका सदस्यहरूसँग हरेक हप्ता भेटघाट गराउन आदेश दिएको छ। अदालतले इमरान खानसँग भएका सबै भेटघाटको विस्तृत रेकर्ड मागेको छ। अदालतले उनका विरुद्ध विचाराधीन सबै मामिलाको पूरा जानकारी उपलब्ध गराउन निर्देश दिएको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सुप्रीम कोर्टको फैसलाको स्वागत गरेका छन्।
उनले भने, “इमरान खानलाई शिफा इन्टरनेसनल अस्पताल पठाउने आदेश सही छ। यदि यो फैसला पहिले भएको भए उनको आँखा र स्वास्थ्य यति खराब हुने थिएन।”
प्रतिक्रिया 4