+
+
Shares

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै, त्यसअघि एमालेसँग छलफल

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ३ गते ९:३१
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
  • विश्वासको मतअघि नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण र सरकार सञ्चालनबारे छलफल हुने भएको छ ।
  • शाहीले विश्वासको मत पाएपछि सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ ।

३ भदौ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार उनले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनुअघि नेकपा एमाले र नेकपाबीच केहीबेरमा छलफल हुनेछ । नेकपाका नेता कालीबहादुर मल्लका अनुसार विश्वासको मत, सत्ता समीकरण तथा आगामी सरकार सञ्चालनका विषयमा दुई दलबीच छलफल हुन लागेको हो ।

एमाले र नेकपाबीचको छलफलपछि सत्ता समीकरण तथा विश्वासको मतसम्बन्धमा अन्य दलहरुसँग पनि छलफल गर्ने तयारी छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् । आज दिउँसो तीन बजे बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची तय भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेपछि सरकारलाई नियमित रूपमा सञ्चालन गर्ने बाटो खुल्नेछ । त्यसपछि सरकारका नीति तथा कार्यक्रम, विकास निर्माण तथा प्रदेशका समसामयिक समस्यालाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री शाहीले बताएका छन् ।

यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले गत साउन ९ गते राजीनामा दिएका थिए । त्यसपछि साउन १२ गते कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?