+
+
Shares

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार प्रदेश सभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन्।
  • बैठकमा सहभागी ४६ प्रदेश सभा सदस्यमध्ये ३१ जनाले भट्टको पक्षमा र १५ जनाले विपक्षमा मत दिएका थिए।
  • सभामुख भीमबहादुर भण्डारीले बहुमत सांसदको समर्थनपछि भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन्।

३ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा भट्टले विश्वासको मत प्राप्त गरेका हुन् ।

बैठकमा सहभागी ४६ जना प्रदेश सभा सदस्य भट्टको पक्षमा ३१ र विपक्षमा १५ मत खसेको हो ।

सभामुख भीमबहादुर भण्डारीले भट्टले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बहुमत सांसदले मतदान गरेको बताउँदै भट्टले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

नेकपाका २० र उपसभामुखसहित एमालेका ११ प्रदेश सभा सदस्य भट्टलाई विश्वासको मत दिएका हुन् ।

एमालेको समर्थनमा उनी गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?