News Summary
Generated by OK AI. Editorially reviewed.- पब्जी मोबाइल नेसनल च्याम्पियनसिप शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ, जहाँ नेपालका १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
- ईसान र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने यो दुईदिने प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन पुग्ने आधिकारिक छनोट हो।
- विजेताले २,५०० अमेरिकी डलर, उपविजेताले १,५०० डलर, तेस्रो टोलीले १,००० डलर र एमभीपीले ४०० डलर पाउनेछन्।
५ भदौ, काठमाडौं । पब्जी मोबाइलको आधिकारिक राष्ट्रिय प्रतियोगिता पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) शनिबारदेखि काठमाडौंमा सुरु हुँदैछ ।
ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईसान) र स्पोर्ट्स काउन्टीको संयुक्त आयोजनामा हुने दुईदिने प्रतियोगितामा नेपालका उत्कृष्ट १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पीएमएनसी पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) सम्म पुग्ने आधिकारिक छनोट प्रतियोगिता हो ।
यस संस्करणमा डीआरएससहित १६ टोली सहभागी हुनेछन् । लोकप्रिय टोली होरा ईस्पोर्ट्स भने यसअघि नै अर्को चरणका लागि छनोट भइसकेकाले प्रतियोगितामा सहभागी हुने छैन ।
प्रतियोगिताको विजेताले २,५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १,५०० र तेस्रो टोलीले १,००० डलर पाउनेछ ।
चौथोदेखि दशौं स्थानसम्म रहने टोलीले क्रमशः ८००, ७००, ६००, ५००, ४००, २५० र २५० डलर पुरस्कार प्राप्त गर्नेछन्। एघारौं र बाह्रौं टोलीले जनही १५० डलर तथा १३औंदेखि १६औं स्थानसम्म रहने टोलीले जनही १०० डलर पाउनेछन् ।
यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) लाई ४०० अमेरिकी डलर प्रदान गरिनेछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त प्रतियोगितामा खेल प्रतिस्पर्धासँगै दर्शकका लागि विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुनेछन्। आयोजकका अनुसार कार्यक्रममा गीत–संगीत, फुड स्टल तथा विभिन्न गेमिङ जोनको व्यवस्था रहनेछ।
दुई दिनसम्म सञ्चालन हुने पीएमएनसीले नेपाली पब्जी मोबाइल तथा समग्र ई स्पोर्ट्स क्षेत्रका उत्कृष्ट खेलाडी र टोलीलाई राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकले जनाएको छ।
प्रतिक्रिया 4