+
+
Shares

गरिमा हत्या विरोधमा बाराको पथलैयामा प्रदर्शन (तस्वीरहरू)

बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भइरहेका छन् ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ६ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गरिमा चौधरीको हत्याविरुद्ध स्थानीयले बाराको पथलैया चोकमा गत बुधबारदेखि प्रदर्शन जारी राखेका छन्।
  • पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द भएपछि प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ र स्थानीयसँग वादविवाद भएको छ।
  • बिहीबार राति भएको पाँच बुँदे सहमति मृतक बालिकाको परिवारले अमान्य भन्दै आन्दोलन यथावत राखेको छ।

६ भदौ, सिमरा (बारा) । तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या विरोधमा स्थानीयले बाराको पथलैया चोकमा प्रदर्शन जारी राखेका छन् । स्थानीयहरू गत बुधबारदेखि नै प्रदर्शन गरिरहेका हुन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग बन्द भएपछि प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ । सो क्रममा स्थानीयसँग प्रहरीको वादविवाद पनि भएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराका डीएसपी दयाकृष्ण भट्टले पथलैया छाडेर सिमरा केन्द्रित आन्दोलन गर्न स्थानीय बासीलाई आग्रह गरेका छन् ।

तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेन्ट टाँगेर प्रदर्शन गरिरहेका छन् ।

बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच बुँदे सहमति गरे पनि मृतक बलिकाकी परिवारले उक्त सहमति अमान्य रहेको बताएको थियो ।

अहिले पनि स्थानीयले सडक धर्ना जारी राखेका छन् ।

बालिकाका परिवारलाई साथ दिन जीतपुरसिमरा उपमहानगरपालिका सहित बाराका विभिन्न क्षेत्रबाट मानिसहरू सडकमा जम्मा भइरहेका छन् ।

सुरुमा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँच बुदे सहमति बिहीबार राति भएको थियो ।

तर मध्यरातमा भएको सहमतिमा आफूहरुको सहमति नरहेको भन्दै परिवारले आन्दोलन जारी राखेका हुन् ।

मृतक बालिकाको शव कलैया अस्पतालमै छ भने परिवारले आन्दोलन यथावत राखेका छन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?