+
+
Shares

गरिमाका आमा–बुवासँग गृह मन्त्रालयमा छलफल हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालयमा छलफल हुने भएको छ।
  • गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार अपराह्न स्थानीय अभियन्ताको साथमा सिमरा विमानस्थलबाट काठमाडौं ल्याइएको हो।
  • काठमाडौं जानुअघि मनोज चौधरीले स्थानीयबासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए।

६ भदौ, सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ ।

गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं ल्याइएको छ ।

गृहमन्त्रीको सचिवालयका अनुसार, केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहितको उपस्तिथितिमा छलफल हुन लागेको हो ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।

काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?