+
+
Shares

सरकारसँग छलफलका लागि गृह मन्त्रालय पुगे गरिमाका आमा–बुवा

गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ भदौ ६ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आएका छन् ।
  • उनीहरूलाई गृह मन्त्रालय लगिएको छ र गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ ।
  • गरिमाका बुवा मनोज चौधरीले काठमाडौ आउनुअघि स्थानीयलाई छोरीको न्यायका लागि आन्दोलन जारी राख्न आग्रह गरेका थिए ।

६ भदौ, सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवा सरकारसँग छलफल गर्न काठमाडौं आइपुगेका छन् ।

उनीहरूलाई अहिले गृह मन्त्रालय पुर्‍याइएको छ ।

गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुन लागेको हो । छलफलमा सहभागी हुन कृषिमन्त्री गीता चौधरी पनि पुगेकी छिन् ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।

काठमाडौ आउनुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?