+
+
Shares

होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका ३ जना सार्वजनिक, ५ दिन म्याद थप

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शंखमुलको भ्याली होस्टलमा २२ वर्षीय वसन्त कालाथोकीको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको छ।
  • हत्यामा संलग्न आरोपमा दाङका कालाथोकीमाथि ५ भदौ बिहान चक्कु प्रहार भएको र सिभिल अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
  • पक्राउ परेकामा कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुर छन्, र उनीहरूमाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको छ।

७ भदौ, काठमाडौं । शंखमुलको भ्याली होस्टलमा युवक हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

दाङ घर भएका २२ वर्षीय वसन्त कालाथोकीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार सार्वजनिक गरेको हो ।

५ भदौको बिहान १० बजेतिर कालाथोकीमाथि चक्कु प्रहार भएको थियो । उपचारका लागि सिभिल अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

कालाथोकी हत्या प्रकरणमा प्रहरीले बाराको कलैया–३ का १९ वर्षीय शेखर यादव १९ वर्षकै प्रमित पटेललाई पक्राउ गरेको थियो । उनीहरु पनि उक्त होस्टलमा बस्ने व्यक्ति हुन् ।

त्यसैगरी होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?