+
+
Shares

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

कार्कीको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १६:४३

९ भदौ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्  । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ ।

प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरे ।

कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।

राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् । जनता समाजवादी पार्टीकी एकमात्र सांसद निर्मला लिम्बु अनुपस्थित भइन् ।

९३ प्रदेश सभासद् रहेकोमा एक जनाले राजीनामा दिएकाले अहिले ९२ सदस्य छन् ।

सोमबारको प्रदेशसभा बैठकका ८३ सदस्य उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?