फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक मंगलबार बिहान १० बजे बस्दै छ ।
- बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनबारे सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।
- उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।
९ भदौ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्दै छ ।
बैठक मंगलबार बिहान १० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हलमा बस्ने छ ।
संसद् सचिवालयका अनुसार आजको बैठकमा आउटसोर्सिङका माध्यमबाट गरिने श्रमिक व्यवस्थापनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची छ ।
बैठकमा उठेका विषयवस्तुको जवाफ दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र मन्त्रालयका सचिवलाई डाकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4