+
+
Shares

रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, नदी आसपास क्षेत्रमा सचेत रहन आग्रह

प्रजिअ परियारले भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए ।
  • बाढीले कति क्षति पुर्‍याएको छ भन्ने यकिन नभएको र बुझ्ने प्रयास भइरहेको उनले बताए ।
  • भोटेकोशीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।

तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी आफूले पाएको उनले बताए ।

उनले अनलाइनखबरसँग भने, ‘बिहान करिब सवा ९ बजेतिर तिब्बततर्फबाट ठूलो बाढी आएको भन्ने जानकारी पाएको छु । के कति क्षति भएको छ भन्नेबारे अहिले नै यकिनका साथ भन्न सक्ने अवस्था छैन । बुझ्ने प्रयास भइरहेको छ ।’

भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?