+
+
Shares

रसुवा बाढी : उद्धारका लागि यस्तो छ सरकारको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १०:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिब्बततर्फबाट आएको बाढीका कारण उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ ।
  • विपद् व्यवस्थापन प्राधिकरण सक्रिय गरिएको छ र सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टर स्ट्यान्डबाइमा राख्न भनिएको छ ।
  • भोटेकोशी नदीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा सर्न निर्देशन दिइएको छ ।

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका सम्बन्धमा सरकारले हालसम्म चारवटा काम र तयारी गरेको छ ।

१. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन ।

२. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय ।

३. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सिडिओलाई निर्देशन ।

४. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यी चार काम र तयारी भएको जनाएको हो ।

साथै, भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?