१० भदौ, काठमाडौं । चीनको तिब्बतबाट रसुवा हुँदै भित्रिएको बाढीले यतिबेला भोटेकोशी र त्रिशूली किनारका बस्तीमा भीषण क्षति निम्त्याएको छ । हालसम्मको समाचारअनुसार ८ जनाको मृत्यु भइसकेको छ । अझैँ ठूलो मानवीय क्षतिको आशंका छ ।
भौतिक क्षति पनि निकै अकल्पनीय छ । सिंगो देश बाढीपछिको उद्धार तथा प्रतिकार्यमा जुटेको छ ।
यस्तोमा आज बसेको प्रतिनिधिसभा बैठक पनि यही बाढीको बहसमा केन्द्रित भएको छ । अहिले प्रतिनिधिसभामा सांसदहरूले बाढीकै विषयमा आफ्ना धारणा र सुझाव राखिरहेका छन् ।
आजकै बैठकमा गृहमन्त्री सुधन गुरुङले बाढीको क्षति, उद्धार तथा प्रतिकार्यबारे जानकारी दिने तयारी छ ।






तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4