+
+
Shares

रसुवा बाढी : घाइते २९ जनाको हेलिकप्टरमार्फत उद्धार

रसुवा बाढीबाट घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा बाढीबाट घाइते भएका २९ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ ।
  • उद्धारका लागि सेनाका ६ हेलिकप्टर परिचालन भएका छन् र थप २ हेलिकप्टर जाने क्रममा छन् ।
  • उद्धार कार्य सहज बनाउन ३ वटा ड्रोन पनि परिचालन गरिएको सैनिक मुख्यालय जंगीअड्डाले बताएको छ ।

१० भदौ, काठमाडौं । रसुवा बाढीबाट घाइते भएका २९ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

नेपाली सेनाका अनुसार अहिलेसम्म २९ जनालाई हवाई उद्धार गरिएको हो । उद्धारका लागि नेपाली सेनाका मात्रै ६ वटा हेलिकप्टर परिचालन भएका छन् । थप २ हेलिकप्टर पनि उद्धारका लागि जाने क्रममा रहेको सैनिक मुख्यालय जंगीअड्डाले बताएको छ ।

उद्धार कार्यलाई थप सहजता गर्न भन्दै ३ वटा ड्रोन पनि परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?