+
+
Shares

भोटेकोशी-त्रिशूलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी–त्रिशूली बाढीले त्रिशूली नदीका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको सडक विभागले जनाएको छ ।
  • सडक विभागका अनुसार बाढीले कम्तीमा ४० किलोमिटर सडकमा पनि क्षति पुर्‍याएको छ ।
  • सडक विभागले क्षतिग्रस्त क्षेत्रमा भारी उपकरण र मेसिन परिचालन गरी सडक तथा पुल मर्मत सुरु गरेको छ ।

१० भदौ, काठमाडौँ । भोटेकोशी–त्रिशूलीमा गएको बाढीका त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशूली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उनको भनाइ छ ।

न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?