+
+
Shares

त्रिशूलीको बाढीले धादिङका तीन पुल बगायो: बैरेनी बजार जलमग्न, आवागमन प्रभावित

रसुवा हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका तीनवटा पुल बगाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाबाट त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका फुर्केखोला, घाटबेँसी र जरेखेत पुल बगाएको छ।
  • पुल बगेपछि धादिङबेसी जाने मुख्य आवागमन टुटेको छ र फुर्केखोला आसपासका नागरिकलाई सदरमुकाम पुग्न समस्या भएको छ।
  • त्रिशूलीको बहाव बढेपछि महेशदोभानबाट भेल फर्किएर गल्छी-६ को बैरेनी बजार जलमग्न बनेको छ।

१० भदौ,  धादिङ । रसुवा हुँदै त्रिशूली नदीमा बुधबार बिहान आएको भीषण बाढीले धादिङका तीनवटा पुल बगाएको छ। बाढीका कारण पुलहरू भत्किएपछि सडक सञ्जाल टुटेको छ भने स्थानीयको जनजीवन प्रभावित बनेको छ।

बाढीले सदरमुकाम धादिङबेसी जोड्ने फुर्केखोला पुल बगाएको छ । गजुरी गाउँपालिका-२ र सिद्धलेक-६ लाई जोड्ने यो पुल बगेपछि जिल्ला सदरमुकाम धादिङबेँसी जाने मुख्य आवागमन प्रभावित भएको छ।

त्यस्तै गजुरी-५ र सिद्धलेक-७ लाई जोड्ने घाटबेँसी पुल पनि त्रिशूलीको भेलले बगाएको छ।

गजुरी-६ र सिद्धलेक-७ स्थित जरेखेत पुल पनि बाढीले बगाएको छ ।

पुलहरू बगेका कारण विशेषगरी फुर्केखोला र त्यस आसपासका नागरिकलाई सदरमुकामसम्मको यात्रा गर्न ठूलो समस्या उत्पन्न भएको छ।

त्रिशूली नदीमा पानीको बहाव अत्यधिक बढेपछि महेशदोभानबाट भेल फर्किएर गल्छी गाउँपालिका-६ स्थित बैरेनी बजार क्षेत्र जलमग्न बन्न पुगेको छ।

लगातारको बाढीले त्रास बढाए पनि गल्छी, जिन्टेटार, मासटार र बेनिघाट क्षेत्रका पुलहरू भने हालसम्म सुरक्षित अवस्थामा रहेको बताइएको छ। यस प्राकृतिक विपद्‌बाट भएको क्षतिको पूर्ण विवरण भने सङ्कलन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?