+
+
Shares

कर्णाली सरकारले पूर्णता पायो, नेकपाबाट थपिए ३ जना मन्त्री

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ११ गते ११:५३

१२ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा तीन जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीको सत्ता सहकार्यमा बनेको सरकारमा बिहीबार तीन महिला सांसद मन्त्री नियुक्त भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा मिलन खड्का, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कल्याणी खड्का र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा जुम्कित लामा नियुक्त भएका छन्। तीनै जना समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य बनेका हुन्।

मन्त्री नियुक्तिसँगै कर्णाली प्रदेश सरकारका सबै मन्त्रालयमा मन्त्रीको जिम्मेवारी बाँडफाँट भएको छ। यसअघि केही मन्त्रालय मन्त्रीविहीन रहेका कारण सरकारको पूर्णताका विषयमा छलफल हुँदै आएको थियो ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि यसअघि विन्दमान विष्टको नाम समावेश गरिएको भए पनि अन्तिम समयमा उनको नाम हटाइएको थियो। उनको स्थानमा मिलन खड्कालाई जिम्मेवारी दिइएको हो।

त्यस्तै, साविक समाजवादीबाट आएकी कल्याणी खड्कालाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी भने जुम्कित लामाले पाएकी छन्।

तीनै मन्त्री समानुपातिकतर्फबाट प्रदेशसभा सदस्य बनेका हुन्। तीन महिला मन्त्रीको नियुक्तिसँगै मन्त्रिपरिषद्मा महिलाको प्रतिनिधित्वसमेत उल्लेख्य बनेको छ।

लेखक
हेमन्त केसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?