+
+
Shares

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १३ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली सुरुङ उद्धारका लागि परिचालन भएको परराष्ट्रमन्त्री शिशिर खनालले बताए।
  • चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको उनले जानकारी दिए।
  • खनालले जटिल भूगोल र आकस्मिक बाढीका कारण स्थानीय सुरक्षाकर्मीको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य भइरहेको बताए।

१२ भदौ काठमाडौं । सुरुङ उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय विशेष प्राविधिक टोली परिचालन भएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय टोली परिचालित भइसकेको र अब चीनबाट पनि सुरुङ उद्धारमा विशेषज्ञता रहेको टोली चाँडै नेपाल आउने अपेक्षा गरिएको जानकारी दिए ।

उनले सरकारले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आवश्यक अन्तर्राष्ट्रिय प्राविधिक सहयोग जुटाउने प्रयास गरिरहेको जानकारी दिए ।

उनले उद्दार गर्नुपर्ने क्षेत्रको भौगोलिक अवस्था जटिल रहेका स्थल मार्गबाट हुने प्राविधिक सहयोगहरूलाईज्ञ सरकारले प्राथिमकता दिएको जानकारी दिए । हवाइ मार्गबाट हेलिकप्टर प्रयोग गरेर सहयोग गर्न आउनेहरूका लागि भौगोलिक जटिलताका कारण झन् समस्या हुने उनले जानकारी दिए ।

‘यो जटिल भूगोल र आकस्मिक बाढीले त्यहाँको जमिनमा पारेको प्रभावका कारण उद्धार कार्यमा अत्यन्त संवेदनशील हुनुपर्ने अवस्था छ। विशेष गरी यो भूगोलका लागि नयाँ रहेका विदेशी उद्धार टोलीहरूको सुरक्षामा ध्यान दिनुपर्ने भएकाले, सरकारले त्यहाँ कार्यरत र भूगोललाई राम्ररी बुझेका स्थानीय सुरक्षाकर्मीहरूको सल्लाह र स्थलगत जानकारीका आधारमा मात्र उद्धार कार्य सञ्चालन गरिरहेको छ’ मन्त्री खनालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?