+
+
Shares

रसुवा बाढी प्रभावितलाई नाइमाको ५० लाख सहयोग

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १४ गते १५:०६

१४ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

नाइमाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दु:ख व्यक्त गर्दै नाइमाले विपद् सुरुवातदेखि नै आफ्ना सदस्य कम्पनीले आर्थिक, यातायात तथा लजिस्टिक जस्ता माध्यमबाट उद्धार र राहत कार्यमा सक्रिय योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

विपद्को यो घडीमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व भएको नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले बताइन् ।

‘यस्तो कठिन समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले नै राहत तथा पुनर्स्थापना प्रभावकारी बनाउन सक्छ,’  वैद्यले भनिन्, ‘सहयोग र सहकार्यका लागि तत्परता देखाउनुभएका सम्पूर्ण सदस्य कम्पनीप्रति धन्यवाद छ ।’

नाइमाले आफ्नो स्थापनाकालदेखि नै विपद् तथा आपतकालीन अवस्थामा सरकार र प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको स्मरण गराएको छ ।

संस्थाले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?