+
एसीसी प्रिमियर कप :

सन्दीपले लिए ५ विकेट, बहराइन ८७ रनमा अलआउट

२०८३ भदौ  १५ गते ९:५४ २०८३ भदौ १५ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा बहराइनलाई ८७ रनमा अलआउट गरेको छ।
  • सन्दीपले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए भने ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।
  • बहराइनका फियाज अहमदले सर्वाधिक १५ रन बनाए, मुहम्मद वासिमले १३ र अली दाउदले १० रन जोडे।

१५ भदौ, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि एसीसी प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले बहराइनलाई ८७ रनमा अलआउट गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो ।

सन्दीपले १० ओभरमा १४ रन मात्र खर्चेर ५ विकेट लिए । ललित राजवंशीले ३, करण केसीले २ विकेट लिए ।

बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए । मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन बनाए ।

१४औं ओभरमा सुरुवाती बलिङ थालेका सन्दीपले पहिलो बलमै विकेट लिएका थिए भने चौथो बलमा अर्को विकेट लिए ।

त्यसपछि उनले आफ्नो पाँचौं ओभरमा १ विकेट लिए भने सातौं ओभरमा र आठौं ओभरमा १-१ विकेट लिँदै ५ विकेट पूरा गरे ।

एसीसी प्रिमियर कप नेपाली क्रिकेट नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय