News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका छन्।
- विदुर नगरपालिका–३ का एक व्यक्तिले बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन्।
- थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस र टुप्चेमा बाढीपीडितको गुनासो सुनेका छन्।
१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । उनी सोमबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिका पुगेका हुन् । विदुर नगरपालिका–३ का एक व्यक्तिले सभापति थापासँग बाढीमा परेर सम्पर्कविहीन भएकाहरूको उद्धारमा ढिलाइ भइरहेको गुनासो गरेका छन् ।
ती व्यक्तिले आफ्ना आफन्त बाढीमा बेपत्ता भइरहेको, सुरुङमा थुनिएको गुनासो गरेका हुन्।
सभापति थापाले त्रिशूली अस्पताल, होल्डिङ सेन्टर, त्रिशूली बजार, देवीघाट पारी, रडभूमेश्वरी, पावर हाउस, तुप्चेसम्म पुगेर बाढीपीडितहरूको गुनासो सुनेका छन् । उनी दर्शन टार, पिपलडाँडा, कुमलटार, कोलनीलगायत ठाउँमा पनि पुगेको सँगै टोलीमा रहेका कांग्रेस विजय ढुंगानाले जानकारी दिए।
प्रतिक्रिया 4