+

यस्तो छ एसियन गेम्स खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टोली

२०८३ भदौ  २८ गते १६:३४ २०८३ भदौ २८ गते १६:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सेप्टेम्बरमा जापान जाने १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक गरेको छ ।
  • टोलीमा रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख र आसिफ शेखसहित १५ खेलाडी छन् ।
  • एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।

२८ भदौ, काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको १५ सदस्यीय क्रिकेट टोली सार्वजनिक भएको छ ।

नेपाल ओलम्पिक कमिटीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आइतबार सार्वजनिक गरेको हो ।

टोलीमा दीपेन्द्रसँगै रोहित कुमार पौडेल,‍ सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुल्सन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल छन् ।

एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ ।

टिम लिडरमा विनोद दास छन् भने मेडिकल पर्सोनेलमा लोकेन्द्र कुँवर, मुख्य प्रशिक्षक स्टुअर्ट ल, प्रशिक्षक अब्दुर सतार र टेक्निकल पर्सोनेलमा रमन शिवाकोटी छन् ।

२०औं एसियन गेम्स नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय