News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवामा आएको विनाशकारी बाढीको धनजन क्षति र सरकारको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाबारे आज प्रतिनिधिसभामा सरकारका एक मन्त्रीले जानकारी गराउनेछन्।
- सभामुखले आजको प्रतिनिधिसभा बैठकमा बाढीसम्बन्धी विशेष प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ, र त्यसअघि राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन्।
- भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्र प्रभावित गरेको छ, र एक हजारभन्दा बढीको शव फेला परिसकेको छ।
१६ भदौ, काठमाडौं । रसुवामा गएको विनाशकारी बाढीले पुर्याएको धनजनको क्षति र सरकारले गरिरहेको खोजी, उद्धार, राहत र पुर्नस्थपनाको तयारीबारे सरकारले संसद्लाई जानकारी गराउने भएको छ ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । उक्त बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने सभामुखको सचिवालयले जनाएको छ । तर कुन मन्त्रीले जानकारी गराउने भन्ने तय भएको छैन ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने, ‘सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने अपेक्षा छ ।’
प्रतिनिधिसभाको बैठकमा आज सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्ने कार्यक्रम छ ।
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
एक हजार बढीको शव फेला परिसकेको छ । स्वदेशी तथा विदेशी नागरिकहरू बेपत्ता भएका छन् ।
यसबारे सभामुखले विशेष प्रस्ताव नै प्रस्तुत गर्न लागेका हुन् ।
यस अगाडि सभामा राजनीतिक दलका नेताहरूले सम्बोधन गर्नेछन् । नेताहरूको सम्बोधनपछि सरकारको तर्फबाट सम्बोधन गर्ने तयारी छ ।
मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो । त्यसअगाडि राष्ट्रिय सभामा पनि सांसदहरूले विपद्बारे बोलेका थिए । तर राष्ट्रिय सभामा भने सरकारको तर्फबाट बाढीबारे कुनै जानकारी प्रस्तुत गरिएको थिए ।
प्रतिनिधिसभामा भने सरकारको तर्फबाट एक जना मन्त्रीले जानकारी गराउने अपेक्षा रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4