+
+
Shares

रसुवा बाढी : मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो    

प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १०:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार १० भदौको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ।
  • प्रहरीका अनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा शव फेला परेका हुन्।
  • प्राधिकरणले अझै ३ हजार ९१६ जना सम्पर्कविहीन र २९२ जना घाइते रहेको, साथै ११ हजार ९९३ जनाको उद्धार गरिएको जनाएको छ।

१७ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे सार्वजनिक गरेको बुलेटिन अनुसार हालसम्म उक्त संख्यामा मानिस मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जना गरी १ हजार ११४ जनाको शव फेला परेको हो ।

प्राधिकरणका अनुसार अझै ३ हजार ९१६ जना सम्पर्कविहीन छन् भने २९२ जना घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?