News Summary
Generated by OK AI. Editorially reviewed.- हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्य सचिव तथा सञ्चालक डा. बैकुण्ठ अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
- बैंकको सञ्चालक समितिको ५०६औँ बैठकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै अर्याललाई अध्यक्ष चयन गरेको हो ।
- अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
१७ भदौ, काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा नेपाल सरकारका पूर्वमुख्य सचिव तथा बैंकका सञ्चालक डा. बैकुण्ठ अर्याल निर्वाचित भएका छन् ।
बैंकको सञ्चालक समितिको आइतबार बसेको ५०६औँ बैठकले संस्थापक समूहका सेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै डा. अर्याललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।
बैंकका अनुसार डा. अर्यालको अध्यक्ष पदमा निर्वाचित हुने निर्णय भदौ १४ गतेदेखि लागु भएको छ ।
अध्यक्षमा निर्वाचित डा. अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4