News Summary
Generated by OK AI. Editorially reviewed.- एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गरेको मलेसियालाई ३२.३ ओभरमा १०३ रनमै अलआउट गर्यो ।
- नेपालका करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए ।
- मलेसियाका कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए र अकिल वाहीदले २४ रन जोडे ।
१८ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आयोजक मलेसियालाई १०३ रनमा अलआउट गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया ३२.३ ओभरमा १०३ रनमा अलआउट भएको हो । मलेसियाका लागि कप्तान साइद अजिजले सर्वाधिक ३० रन बनाए भने अकिल वाहीदले २४ रन बनाए ।
विरानदीप सिंहले १४, मुहम्मद स्याहदात राम्लीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालका लागि करण केसीले ७.३ ओभरमा २३ रन दिएर ४ विकेट लिए । ललित राजवंशीले २ तथा हेमन्त धामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो ।
प्रतिक्रिया 4